Harsamaya
माटो अनलोड गर्ने क्रममा ट्याक्टरमा च्यापिएर वृद्धको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रौतहट - सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ । बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज. १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय अमिरी पासवानको मृत्यु भएको हो । 

आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको अवस्थामा टेलारीको भाग र घरको भित्ताको बीचमा च्यापिएर पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार पासवानको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको डिएसपी भट्टराईले जानकारी दिए । 

मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  ।
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update