Harsamaya
विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन ।

काठमाडौं - ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने बताएका छन् । 

आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रममा बोल्दै उनले विपदमा स्थानीय सरकार सक्रिय हुनुपर्ने भन्दै त्यसको लागि ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा रहेको बताएका हुन् । 

उनले भने,‘कुनैपनि विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने अवस्था छ । त्यसमाथि पनि विपद् व्यवस्थापन समिति अर्थात ललितपुर महानगरपालिकाको नगर प्रहरी छ । नगरप्रहरी नै सबैभन्दा बढि अग्रसर हुनुपर्ने भएकाले तालिम दिई स्रोतको व्यवस्थापन गर्न अनिवार्य छ । यसको लागि पूर्वाधारको व्यवस्था गर्नुपर्ने जिम्मा नगरपालिकाको हो ।’

उनले विपद्को समयमा नगर प्रहरीका साथै तालिम प्राप्त विपद् स्वयंसेवकहरु निकै संवेदनशीलताका साथ अगाडि बढ्नुपर्ने बताए । 

महानगरपालिकाका प्रमुख महर्जनले विपद् व्यवस्थापनको लागि पाँचवटा डुङ्गा खरिदको प्रक्रियामा गइरहेको र डुङ्गाको लागि पनि तालिमको छिटै व्यवस्था गरिने बताए । 


 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update