Harsamaya
भिजिट भिसामा संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखक ।

काठमाडौं - भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आज बल्ल टिप्पणी गरेका छन् ।

शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिरसमेत गरेका छन् । उनले यो पनि भने कि भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा गरे ।

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजिराखेको थिएँ,’ उनले भने, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइ सकेको छु, आजै काठमाडौं गइ सकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ। दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु।’ गृहमन्त्री लेखकले आफ्नो कारणले काँग्रेसको शिर झुक्न नदिने उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update