Harsamaya
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ । 

शनिबार सचिवालयको भर्चुअल बैठक ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो । 

शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठकको आव्हान गरिएको सचिवालयले जानकारी दिएको छ ।  

रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । 


 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update