Harsamaya
एमाले धनुषा जिल्ला अधिवेशन नतिजा सार्वजनिक, महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी
एमाले धनुषा जिल्ला अधिवेशनमा महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी ।

जनकपुर - नेकपा एमाले धनुषा जिल्ला ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना नतिजा सार्वजनिक गरिएको छ ।मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन । भोला यादवले ४०२ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतिद्वन्द्वी लक्ष्मी नारायण यादवले २०२ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्ष पदमा तेजनारायण यादवले ४३० मतका साथ विजयी भएका छन् । उनको निकट प्रतिद्वन्द्वी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरेका छन् । यता सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै विजयी भएका छन् भने उनको निकट प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन् भने महिला उपसचिवतर्फ रुका कुमारी मिश्र विजयी हासिल गरेकी छन् । लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update