Harsamaya
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री  ओलीले  जवाफ दिने

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । 

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको  छ । 

यसै गरी भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।  

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update