Harsamaya
प्रहरी सहायक निरीक्षकले चुमिन् सगरमाथा शिखर
प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पा ।

काठमाडौं - एक प्रहरी सहायक निरीक्षकले सगरमाथाको सफल आरोहरण गरेकी छिन् ।

नेपाल प्रहरीका अनुसार आज बिहान ८:५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई,’ प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो बधाई सन्देशमा उल्लेख गरेका छन् ।  
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update