Harsamaya

काठमाडौं - नेपाली काङ्ग्रेसका उपसभापति पूर्व मन्त्री धनराज गुरुङले ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना नहुने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदैं पूर्व मन्त्री गुरुङले लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । उनले भने,‘ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म देशमा रोजगारी सिर्जना हुँदैन । ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update