Harsamaya

काठमाडौं - राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।

समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएसँगै समितिबाट विधेयक पारित भएको हो । जसअनुसार अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुनेछ ।

उता, कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने विषयमा पनि समितिमा सहमति जुटेको छ भने निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update