Harsamaya
बाह्रबिसे नगरपालिकाका मेयरले लेखे अख्तियारमा कार्यरत कर्मचारीलाई काज फिर्ताको पत्र
बाह्रबिसे नगरपालिकामा मेयर बालकृष्ण बस्नेत ।

सिन्धुपाल्चोक  - बाह्रबिसे नगरपालिकामा मेयर बालकृष्ण बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीलाई काज फिर्ताका लागि पत्र लेखेका छन् ।

बाह्रबिसे नगरपालिकामा दरबन्दी भई अख्तियारमा काजमा कार्यरत अम्बिका दाहाल ओझालाई बिहीबार पत्र लेख्दै नगरपालिकामा हाजिर हुन पत्र लेखेका हुन् । बस्नेतले काज फिर्ता नभए तलब रोक्का गर्ने चेतावनीसमेत दिएका छन् । 

मेयरले लेखेको पत्रमा भनिएको छ,‘यसरी काज खटाउँदा एक वर्षमा तीन महिना भन्दा बढी अवधिको लागि काज खटाउन पाइने छैन भन्ने व्यवस्था भएकाले ७ दिनभित्र बाह्रबिसे नगरपालिकामा काज फिर्ता हुनुहुन अनुरोध छ। अन्यथा तपाईंको तलब भत्ता यस कार्यालयबाट भुक्तानी नहुने व्यहोरा समेत अनुरोध छ ।’ 

अख्तियारमा काजमा कार्यरत ओझा पाँचौ तहकी कर्मचारी हुन् ।  

१२bise-1747373298.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update