Harsamaya
स्रोत नखुलेको नगद १३ लाख ५० हजारसहित २ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका-७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले लु.६८ प ४७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक दिनेश र मोटरसाइकलमा सवार पिङ्कीलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update