Harsamaya
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
सांकेतिक तस्वीर: हर समय/ Har samaya

आज २०८२ जेठ १ गते बिहीबार। आफ्नो राशि अनुसार हेर्नुहोस् आजको विशेष राशिफल:

मेष : कोसिस गर्दा भाग्यले साथ दिनेछ र तपाईँलाई सफलता मिल्नेछ। तपाईँले आफ्नो श्रमको उचित मूल्य पाउनुका साथै आम्दानीमा पनि वृद्धि हुनेछ। जसले तपाईँको ठुला आवश्यकता पूरा गर्नेछ ।  विभिन्न अवसरहरू प्राप्त हुनेछ । परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ।  मेहनत गर्दा अवसरको ढोका खोलिनेछ।

वृष : नयाँ व्यवसाय थालनी गर्ने अवसर प्राप्त हुन सक्छ ।  तपाईँको कडा परिश्रम र प्रयासको फलस्वरूप प्रतिष्ठा र सम्मान पनि प्राप्त हुनेछ। साथीभाइ हरू बाट सहयोग मिल्नेछ । गलत सञ्चारले केही झन्झट भने व्यर्होनुपर्ने हुनसक्छ । पारिवारिक भेटघाट र सान्दर्भिकता तपाईँलाई आनन्द र प्रसन्नता दिनेछन्। यसले तपाईँको मानसिक स्थिति पनि सकारात्मक बनाउनेछ।

मिथुन : तपाईँको कामको उचित मूल्याङ्कन हुनेछ । परिवारको समर्थनले तपाईँलाई ठुलो काममा सफलता दिलाउनेछ । आम्दानीका नयाँ स्रोतहरू थपिनेछन्  र आर्थिक स्थिति बलियो हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक भेटघाटमा मान रमाउने छ । 

कर्कट : रमाइलो यात्रा र नयाँ अनुभवहरूको अवसर प्राप्त हुनेछ ।  मन मिल्ने साथी भेट्नुका साथै प्रेमको सम्बन्ध अझ गहिरो र सशक्त बन्न सक्छ। तथापि, केही कठिनाइहरू र अप्ठ्यारो स्थितिहरूको पनि सामना गर्नुपर्नेछ ।   

सिंह : केही खर्च लागे पनि तपाईँले आँटेको  काममा सफलता मिल्नेछ ।  तपाईँलाई व्यवसायमा लगानी बढाउने मौका प्राप्त हुनेछ र यसले भविष्यमा राम्रो नतिजा दिनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ ।

कन्या : आज मान सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् ।  प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रणमा ल्याउन सकिनेछ र सहयोगीहरूको साथले तपाईँलाई व्यवसायमा ठुलो फाइदा पुग्नेछ। यसका साथै, तपाईँलाई प्रशस्त अवसर मिल्नेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।

तुला : यस समय तपाईँको क्षेत्रमा प्रभुत्व जमाउने बेला छ। पैतृक सम्पत्ति र संसाधनहरूको प्रयोग गरेर थप फाइदा उठाउन सकिनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।  परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ।

वृश्चिक : विगतमा भएका कमी कमजोरीलाई सुधार्नका लागि उपयुक्त समय छ। विशिष्ट व्यक्तित्वहरूको सहयोगले विशेष अवसरहरू प्राप्त हुनेछन् ।  व्यापार व्यवसायमा  राम्रो लाभ प्राप्त हुनेछ। धेरै पछिको साथीभाइसँगको भेटघाटले मनमा खुसी छाउनेछ । 

धनु : तपाईँको काममा सुधार आउनेछ र तपाईँले आँटेका कार्यहरू पुरा हुनेछन्, एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ र तपाईँका प्रयासहरूको सराहना गरिनेछ। समुदायका लागि गरिएको कामले तपाईँलाई सम्मान दिलाउनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । 

मकर : साथीभाइसँगको रमाइलो यात्रा हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। तपाईँको लगनशीलताले महत्त्वपूर्ण कामहरूमा सफलता मिल्नेछ । मान सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ।

कुम्भ : अध्ययन र शिक्षामा प्रगति हुनेछ ।  तपाईँको बोली र शब्दको प्रभावले धेरैलाई आकर्षित गर्नेछ भने कामलाई सजिलै सम्पन्न गर्न मद्दत पुर्‍याउनेछ। रमाइलो यात्राको योग पनि देखिन्छ। 

मीन : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार बिहारमा सजग रहनुहोला।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update