Harsamaya
ट्राफिकले जनपद प्रहरी कुटेपछि...
प्रहरी कुटपिट ।

काठमाडौं - नागढुंगामा इन्स्पेक्टरले ट्राफिक सहायक हवल्दारलाई कुटपिट गरेका छन् ।  ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्र साहले ड्युटीमा रहेका एक प्रहरी सहायक हवल्दारलाई कुटपिट गरेका हुन् । 

शाहले उनीमाथि किन हात हाले खुल्न सकेको छैन । गाडी रोकेर चालकसँग कुरा गरिरहेको अवस्थामा शाहले गालामा पिटेका हुन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो कहिलेको भन्ने खुल्न सकेको छैन । 

भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनले घटनाको आन्तरिक छानबिन प्रक्रिया सुरु गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update