
काठमाडौं - आज २०८२ वैशाख ३१ गते बुधबार। आफ्नो राशि अनुसार हेर्नुहोस् आजको विशेष राशिफल:
मेष : आफ्ना भावनाहरू लाई नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। आफन्तसँग बिताएको समयले तपाईँलाई फाइदा हुनेछ। आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन् । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।
वृष : तपाईँको शारीरिक रोग आराम हुने धेरै सम्भावना छ । ध्यान बच्चाहरू र परिवारमा आजका दिनको केन्द्रित हुनेछ । तपाईँले आफ्नो जीवन भन्दा बढी तपाईँलाई प्रेम गर्ने व्यक्ति भेट्नु हुनेछ। साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।
मिथुन : केही बोल्नु अघि राम्ररी सोच्नुपर्ने बेला छ । काममा बाधा आई पर्ने छ । तपाईँको वैवाहिक जीवन राम्रो बनाउने प्रयासले आज आशा गरेकोभन्दा राम्रो फल दिनेछ।साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।
कर्कट : प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । आफ्नो क्यारियरको आशा बढाउनको लागि आफ्नो व्यावसायिक शक्तिको प्रयोग गर्नुहोस्। तपाईँले आफ्नो गतिविधिको क्षेत्रमा असीमित सफलता पाउने सम्भावना छ। धेरै फाइदा पाउन आफ्नो सबै कौशल लगाउनुहोस्।
सिंह : सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । तपाईँको रिसले सानो कुरालाई ठुलो पहाड बनाउन सक्छ र मात्रै आफ्नो परिवारका सदस्यहरूको मन बिगार्छ। आफ्नो साथीको आलस्यले आज धेरै कार्यहरूमा बाधा पर्न सक्छ।
कन्या : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। प्रतिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।
तुला : विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
वृश्चिक : नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवार सँग भेट हुनेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला।
धनु : शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । काममा राम्रो फाइदाको योग रहेको छ । सहयोगीहरूको साथ पनि जुट्नेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ।
मकर : साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि खानपिनमा सजग रहनुहोला। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्क्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्।
कुम्भ : मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
मीन :अरूको विषयमा चासो राख्दा वादविवाद हुन सक्छ। आर्थिक अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मान सम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ।