दुवै सदनको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

काठमाडौं - संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेको लागि बोलाइएको छ । आजको दुवै सदनको बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै छ ।
संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२ ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने कार्यसूची तय भएको हो । यही वैशाख २८ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम सदनबाट बहुमतले पारित भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ ०७:२८
प्रतिक्रिया दिनुहोस्