म मेयर होइन, विराटनगरको मात्रै चिन्ता लिनेः प्रधानमन्त्री
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको विकासमा मात्रै आफ्नै ध्यान नदिने बताएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उठाएको प्रश्नको जवाफ दिँदैं सो धारणा राखेका हुन् ।
‘म विराटनगरको मेयर होइन, त्यसको मात्रै चिन्ता लिएर बस्नु, मैले कर्णालीको पनि चिन्ता लिनु पर्छ,’ उनले भने, ‘सहर निर्माण प्रतिस्पर्धामा हुन्छ, हिजो बिराटनगर पहिलो थियो, अहिले अरूले जित्यो होला, आफ्नै नगर कसरी बनाउने हो भन्ने बारेमा पहिलो त्यहाँको जनप्रतिनिधि र मेयरले नै बढी चासो लिनुपर्छ, त्यसका लागि मेहनत गर्नु पर्छ ।’
विराटनगर बनाउन त्यहाँका स्थानीय जनप्रतिनिधिले नै मेहनत गर्नु पर्ने उनको सुझाव छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:१३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                -1761925825.jpg) 
                                                ![एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Samajbadi-1761794638.jpg) 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    