Harsamaya
मुग्लिङ नारायणगढ सडकमा ट्रक पल्टिँदा सडक दुवैतर्फ अवरुद्ध
मुग्लिङ नारायणगढ सडकखण्डमा कोइला बोकेको ट्रक दुर्घटना ।

चितवन - मुग्लिङ नारायणगढ सडकखण्डमा कोइला बोकेको ट्रक पल्टिँदा दुवैतर्फ सडक अवरुद्ध भएको छ। आज बिहान ०७ः०० बजेको समयमा  ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ नारायणगढ सडक खण्डको तुईनखोलामा कोइला बोकेको ट्रक पल्टिएको हो ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेकाे मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको ट्रक  आफै अनियन्त्रित भई सडकमा पल्टँदा हाल दुवै तर्फ बाटो अवरोध भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले बताए। प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । 

उक्त स्थानमा अहिले क्रेन ल्याएर  ट्रक हटाउन लागिएको जानकारी दिए। उनका अनुसार  बाटो खुल्न केही घण्टा लाग्ने छ।ट्रक पल्टिएको स्थान मुग्लिङबाट २ कि.मि.दक्षिणमा पर्छ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update