Harsamaya
प्रतिनिधिसभाको बैठक बस्दै,  प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि  उठेका प्रश्नहरूको जवाफ दिने
संघीय संसद ।

काठमाडौं - संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ ।  बिहान ११ बजेको लागि बोलाइएको बैठकमा आज सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम  निर्णयार्थ पेस हुने भएको छ । 

राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम लाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएसँगै  नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । 

यसै गरी आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update