 
                                                            काठमाडाैं - आज २०८२ वैशाख २६ गते शुक्रबार । हेरौँ तपाईँको राशिफलमा आजको दिन कस्ताे रहला ।
मेष : अवसरले पछ्याए पनि समयमा लक्ष्य प्राप्ति नहुन सक्छ। प्रतिस्पर्धीहरूले काम अड्काउन सक्छन्। समय दिन नसक्दा अरूले फाइदा उठाउनेछन्। प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मिहिनेतले अवसर दिलाउनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला।समस्याकाबिच टाढाको यात्रा हुनेछ।
वृष : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।दिन उपलब्धिमूलक रहनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। रोकिएका काम पूर्ववत् बन्न थाल्नेछन्।
मिथुन : विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। आँटेको काम भने सम्पादन हुनेछ। एक्लो प्रयासले बन्न नसकेको काम समूहमा गर्दा सम्पादन हुनेछ। व्यापार र साझेदारीमा फाइदा हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।
कर्कट : नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारसँग भेट हुनेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने छन् । सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा सोचेको उपलब्धि नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। रोग, शत्रु र प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला।
सिंह : सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन् । अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखार आउनेछ। मान–सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कन्या : साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको जस लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
तुला : शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । खर्च लागे पनि लगानी बढाउने अवसर जुट्नेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। खर्च लागे पनि माल मत्ता जोड्ने समय छ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। प्रतिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।
वृश्चिक : काममा राम्रो फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाई लेखाइमा प्रगति हुनेछ ।दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो प्रगति हुनेछ।सहयोगीहरूको साथ पनि जुट्नेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ।
धनु : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला।
मकर : काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ । मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
कुम्भ : साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार बिहारमा सजग रहनुहोला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्क्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ।
मीन : अरूको विषयमा चासो राख्दा वादविवाद हुन सक्छ। आर्थिक अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मान सम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोली–व्यवहारमा सजग रहनुहोला।


 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    