Harsamaya
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल, संक्रमणकालीन न्याय सल्लाहकार अग्नि प्रसाद खरेल तथा गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायत ।

काठमाडौं -  मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको सो भेटवार्तामा एमालेबाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल र संक्रमणकालीन न्याय सल्लाहकार अग्नि प्रसाद खरेल तथा गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रिपरिषद् बैठक अघि यो भेट भएको हो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update