Harsamaya
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
बागमती प्रदेश सरकारकाे कार्यालय ।

काठमाडौं -  बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा  दिने निर्णय भएको हो ।

गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ  । बागमती प्रदेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update