Harsamaya
सरकारको नीति तथा कार्यक्रममा पुरानै कपीपेष्ट : देवेन्द्र पौडेल
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पुरानै कपीपेष्ट भएको भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न नसकेको बताएका हुन् ।

उनले भने, ‘पहिलाका केही कार्यक्रमहरूमा रि-प्याकेजिङ गरेर २०८२/८३ को  नीति कार्यक्रममा स्टिकर टाँसिएको छ । सार्वजनिक नीति प्रवाह, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, नागरिक एप्स, अनलाइन कर प्रणाली, डिजिटल फाउन्डेसन, साइबर सुरक्षा, डिजिटल नेपाल र बैङ्क प्रणालीजस्ता विषय गत वर्षको नीति तथा कार्यक्रममा समावेश थिए, अहिले त्यसलाई कपी गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न सकेको छैन ।’

साथै उनले नीति तथा कार्यक्रमले राष्ट्र निर्माणका निम्ति दृढ सङ्कल्पलाई समेट्नुपर्ने उल्लेख गरे । उनले चालु आर्थिक वर्षकै राष्ट्रिय गौरवका आयोजना बजेट अभावका कारण ठेक्कामा समस्या परेको बताए । 


 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update