काठमाडौं - नेपाल काङ्ग्रेसका उपसभापति पूर्व मन्त्री धनराज गुरुङले बुद्ध जयन्तीमा प्रधानमन्त्री देखि सबै उच्च पदस्थ व्यक्तिहरू लुम्बिनीमा ६ घण्टा ध्यान बस्न आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गुरुङले देशलाई पर्यटन हवको रूपमा विकास गर्ने सकिने धारणा राखेका हुन् । उनले भने ‘देशलाई पर्यटकीय हवको रूपमा विकास गर्न सकिन्छ त्यसको लागि काम गर्नुपर्ने छ ।’
संसदमा बोल्दै गुरुङले भने ‘आजबाट छ दिन पछि बुद्ध जयन्ती आउँदै छ, त्यस बुद्ध जयन्तीमा हामी सबै, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभा अध्यक्ष,मन्त्री सबै सांसदहरू बुद्ध जयन्तीका दिन लुम्बिनीमा गएर ६ घण्टा ध्यान गरौं,बुद्धले ६ वर्ष ध्यान गरेपनि हामी ६ घण्टा ध्यान गरेर बिश्वसामु सन्देश फैलाउन सकिन्छ।’
यत्ति गर्न सके विभिन्न देशका बुद्ध धर्वालम्बीहरु नेपाल भित्र्याउन सकिने उनको धारणा थियो ।