उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

काठमाडौं - उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए ।
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १०:३६
प्रतिक्रिया दिनुहोस्