
नुवाकोट - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नुवाकोटको अध्यक्षमा जलन गजुरेल निर्वाचित भएका छन् ।
चौथो जिल्ला सम्मेलनमा सोमबार भएको निर्वाचनमा गजुरेलले १६० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी दिनेश अधिकारीले ८७ मत प्राप्त गरे । गजुरेलको जितलाई नुवाकोटमा वाइसिएलको कार्यशैलीमा परिवर्तन ल्याउने संकेतको रूपमा हेरिएको छ।
युवा नेताहरूको उल्लेखनीय प्रतिस्पर्धामा खुला उपाध्यक्ष पदमा सरोज तामाङ (१७२ मत) र सूर्यबहादुर तामाङ (१५४ मत) विजयी भए भने अशोक तामाङ (७६ मत) पराजित भए। महिला उपाध्यक्षमा प्रमिला तामाङ निर्विरोध निर्वाचित भइन् । उनको जितले वाइसिएलमा महिला सहभागिता बलियो बनाउने विश्वास लिइएको छ।
सचिवमा सुरेन्द्र लामाले १५८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी रामशरण प्याकुरेलले ७९ मत पाए। पाँच सह-सचिव सबै निर्विरोध निर्वाचित भए । सहसचिवमा विकास गुरुङ (जनजाति), रविन्द्र तामाङ (खुला), विमिका विक (महिला), अनिल थापा (खुला) र राजेश लामिछाने (खुला) निर्विरोध भए ।
कोषाध्यक्षमा जयराज ढकाल निर्विरोध निर्वाचित भएका छन्। साथै, ५० सदस्यमा पनि निर्विरोध निर्वाचनले संगठनमा एकताका संकेत देखिएको छ।
३ सय ९ जना मतदाता रहेको निर्वाचनमा २ सय ५६ मत खसेको थियो । जुन ८३ प्रतिशतभन्दा बढी हो ।
नव निर्वाचित अध्यक्ष गजुरेलले वाइसिएललाई ‘नयाँ ढंगले अगाडि बढाउने’ प्रतिबद्धता जनाएका छन् ।