
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा.प्रकाशचन्द्र लोहनीले यही वैशाख २६ गते काठमाडौंमा मोटरसाइकल र्यालीको आयोजना गरिने जानकारी दिएका छन् ।
सोमबार काठमाडौंमा बसेको राजसंस्था पुनस्थापनाको लागि गठित संयुक्त जनआन्दोलनबारे बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै २६ गते काठमाडौँमा मोटरसाइकल र्यालीको आयोजना गरिनेबारे छलफल भएको जानकारी दिए ।
त्यस्तै उनले देशमा अराजकता, भ्रष्टाचार र अत्याचार भइरहेको भन्दै देश केही तीन नेताले वीरताको रूपमा दोहन गरिरहेको बताए । कुनैपनि स्वाभिमानी नेपालीले सहेर नबसी त्यसकाविरुद्ध आन्दोलन गर्नु राष्ट्रिय धर्म भएको उनको भनाई छ ।
उनले भने,‘आन्दोलन गर्नु रहर होइन् । नेपाली जनताको लागि बाध्यात्मक भइसकेको छ । देशमा दुई तरिकाले शासन चलेको छ । अराजकता, भ्रष्टाचार र अत्याचार छ । देश केही तीन जना नेताको वीरता जसरी देशको दोहन भइरहेको छ । यसलाई कुनैपनि स्वाभिमानी नेपालीले सहेर बस्न सक्दैन । त्यसैले यसको विरुद्ध आन्दोलन गर्नु आज हाम्रो राष्ट्रिय धर्म हो ।’
त्यस्तै उनले नेपालमा संविधानभित्र राजसंस्था भएमात्रै स्थायित्व दिन सकिने धारणा राखे । अहिले लोकतन्त्रको नाममा देशलाई ध्वस्त गर्ने काम भइरहेको पनि उनको भनाई छ ।