
काठमाडौं - नेकपा (एमाले)का सांसद सूर्य बहादुर थापा क्षेत्रीले कांग्रेस–एमालेको सरकारले सहमतिमा काम गरिरहेको दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र अब बजेट ल्याउने तयारीमा लागेको उल्लेख गर्दै थापाले तर अहिले दिनहुँ सरकारविरुद्ध चलखेल भइराखेको बताएका हुन् ।
उनले भने,‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकें, अब रहँदैनजस्ता वक्तव्यबाजीहरुले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनि प्रदूषण हुनेक्रम जारी छ । तर, सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र बकवासहरू निरर्थक सावित भएका छन् । पछिल्लो २० महिनाको शासन देखेकै हौं । पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन, फाइल खोल्ने हुँकार गरिएको थियो । तिनको हविगत के भएको छ ? त्यो नदेखेको होइन् । त्यसको भोगाइ आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी मानीयले भोग्नुभएको छ । कुशासनको रुप त्यसरी प्रकट भएको थियो । सुन तस्करीले सिंगै देश पहेलपुर भएकै थियो ।’
साथै उनले वक्तव्य र बकवासहरु निरर्थक सावित भइरहेको बताए ।