Harsamaya
तीन दिनसम्म पानी पर्ने: सर्तकता अपनाउन अनुरोध
काठमाडौंमा बिहानदेखि पानी परेपछि फलफुल व्यापारी ।

काठमाडौं - तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विभागले आइतबारदेखि देशभरि तीन दिनसम्म पानी पर्ने तथा हिमाली भेगमा हिउँ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन विभागले अनुरोध गरेको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update