Harsamaya
एनआरएनए एकता महाधिवेशन : अध्यक्षमा महेश श्रेष्ठ निर्विरोध
नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठ ।

काठमाडौं - गैर आवसीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शनिबार काठमाडौंको हायात होटलमा जारी महाधिवेशनको दोस्रो दिन आइतबार निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनबाट अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गरिएको हो । समितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् । 

त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ र महासचिवमा बाबुराम लामा चयन भएका छन् । महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी थिइन् । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सबैलाई धन्यवाद पनि दिए ।

निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ ।

नव निर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ :
अध्यक्ष  महेशकुमार श्रेष्ठ 

उपाध्यक्ष ६ जना 
सुनिल कुमार साह 
बुद्धि सागर सुवेदी
खगेन्द्र न्यौपाने
लोकप्रसाद दाहाल
मनोज कुमार श्रेष्ठ (गोर्खाली)
विश्वास दीप लिम्बु (तिगेला)

उपाध्यक्ष –महिला) जुनु गुरुङ
महासचिव बाबुराम  (बीआर) लामा 

सचिव ३ 
चिन्तामणि सापकोटा
टङ्कप्रसाद गैरे 
तिलक प्रसाद गैरे

कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना
सचिव महिला- देवकी खत्री गुरुङ
कोषाध्यक्ष - ठाकुर प्रसाद ढुङ्गाना
सह-कोषाध्यक्ष - कृष्णप्रसाद पोखरेल
महिला संयोजक - रश्मि थापा
युवा संयोजक - भीमसेन थापा 
एसिया प्रशान्त क्षेत्रीय संयोजक - डा. बलराम श्रेष्ठ 
युरोप क्षेत्रीय संयोजक -प्रेमबहादुर गुरुङ
मध्यपूर्व क्षेत्रीय संयोजक - रमेश श्रेष्ठ 
उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक - डिलुराम पराजुली
ओसेनिया क्षेत्रीय संयोजक – इर्सद अहमद

क्षेत्रीय उप संयोजकहरू 
एसिया प्रशान्त क्षेत्रीय उप संयोजक २
माधव पोखरेल र मीमबहादुर पुर्जा 

मध्यपूर्व क्षेत्रीय उप संयोजक २
सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई

उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजक
विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री

ओसियाना क्षेत्रीय उप संयोजक २ 
राम प्रसाद कँडेल र प्रताप राना  

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update