Harsamaya
सोलुखुम्बुको गौरीटापमा गेट वे टु एभरेष्ट

काठमाडौं - स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर २०२५ आयोजना गर्ने भएको छ । गेट वे टु एभरेष्टु थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।

दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको निर्देशक घिमिरेले बताए । सहभागीले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्ने निर्देशक घिमिरेले बताए ।  काठमाडौंबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथा लगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले धेरै सम्भावना भएको गन्तव्य हो ।

काठमाडौंबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ। चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरीटाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ ।

लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्वपूर्ण गौरीटापमा गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update