सोलुखुम्बुको गौरीटापमा गेट वे टु एभरेष्ट
आइतबार, वैशाख २१, २०८२
दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको निर्देशक घिमिरेले बताए । सहभागीले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्ने निर्देशक घिमिरेले बताए । काठमाडौंबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथा लगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले धेरै सम्भावना भएको गन्तव्य हो ।