नेकपा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं - नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । आज शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागिएको हो ।
बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसद्मा एमालेका सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सांसदहरूलाई आवश्यक निर्देशन दिनेछन् ।
नेपाली कांग्रेस संसदीय दलको बैठक पनि सोही समयमा नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दैछ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ ०८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय