Harsamaya
सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाही ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानो कागजको खोस्टा जस्तो भएको बताएका छन् । 

शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले युवाहरूको समस्या समाधान गर्ने भन्दा पनि सुगा रटाई र कागजको खोस्टा जस्तो भएको बताएका हुन् । 

उनले भने,‘अहिले सबैभन्दा ठूलो समस्या युवाहरूको हो, आन्तरिक सुरक्षाको कुरा, रोजगारीको कुरा आउनुपथ्र्यो त्यो केही पनि आएन । यो पुरानो ढड्डामा भएको कागजको खोस्टा जस्तो छ । सुगा रटाई जस्तो छ ।’

साथै उनले लुटतन्त्रको विरुद्धमा जन आवाजलाई दबाउनको लागि सरकारले यो वर्ष नयाँ नीति ल्याएको बताए । ‘सरकारले यो वर्ष नयाँ कुरा व्यवस्था र लुटतन्त्रको विरुद्धमा बोल्ने मान्छेलाई तह लगाउने कुरा नीति तथा कार्यक्रममा नेपालको इतिहासमा आएको थिएन त्यो पहिलो पटक आएको छ । यो अगुल्टोले हानेको बिरालो बिजुलीदेखि तर्सिन्छ भनेझै सरकार तर्सियो । लुटतन्त्रको विरुद्धमा जन आवाजलाई दबाउनको लागि यो नीति तथा कार्यक्रममा ल्याएको छ,’उनले भने । 

सांसद शाहीले भ्रष्टाचारीको संरक्षकको लागि मात्र नीति कार्यक्रम आएको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update