Harsamaya
सरकारले यसै वर्ष संविधान संशोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेल संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ।

काठमाडौं - सरकारले यसै वर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया यसै वर्ष अघि बढाउने भएको हो ।

‘संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमी कमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’

सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update