सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ ११:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय