Harsamaya
हेटौँडा यातायातद्वारा ४५ करोड राजश्व सङ्कलन
यातायात व्यवस्था कार्यालय हेटौँडा ।

मकवानपुर -यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालू आर्थिक २०८१ /८२ को नौ महिने अवधिमा ४५ करोड ६६ लाख बढी राजस्व सङ्कलन गरेको छ । 

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरण लगायत बाट चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ४५ करोड ६६ लाख ८५ हजार पाँच सय राजस्व सङ्कलने भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार आवको नौ महिनामा सवारी चालक अनुमति पत्र वितरणबाट सात करोड आठ लाख ७१ हजार तीन सय १४, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुई सय, यातायात क्षेत्रको आम्दानीबाट सात करोड ९५ लाख ७६ हजार नौ सय  सङ्घीयतातर्फ तीन करोड १४ लाख १९ हजार नौ सय ५३ तथा बेरुजुबाट आठ हजार दुई सय ५० सङ्कलन भएको छ । 

यस्तै, चालू आवको सो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, ट्याम्पो र ई रिक्सा ६ सय २६, ठुला तथा मझौला सवारी ६ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीन सय ५१ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एक सय ६१ गरी पाँच हजार तीन सय ५० जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update