हेटौँडा यातायातद्वारा ४५ करोड राजश्व सङ्कलन
शुक्रबार, वैशाख १९, २०८२
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरण लगायत बाट चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ४५ करोड ६६ लाख ८५ हजार पाँच सय राजस्व सङ्कलने भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार आवको नौ महिनामा सवारी चालक अनुमति पत्र वितरणबाट सात करोड आठ लाख ७१ हजार तीन सय १४, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुई सय, यातायात क्षेत्रको आम्दानीबाट सात करोड ९५ लाख ७६ हजार नौ सय सङ्घीयतातर्फ तीन करोड १४ लाख १९ हजार नौ सय ५३ तथा बेरुजुबाट आठ हजार दुई सय ५० सङ्कलन भएको छ ।
साताको लोकप्रिय