पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।
एलपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत् राखिएको छ ।
त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ २२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय