नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने भएको छ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीकाबीचमा एकीकरण घोषणा सभाको दिनमा नै संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएपछि सो पार्टी सरकारबाट बाहिरिन लागेको हो ।
सो पार्टीबाट ओली सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएको छ ।
सर्वोच्च अदालतले बाँकी कैद भु्क्तान गर्नका लागि भन्दै उनलाई आज एकीकरण सभास्थल प्रज्ञा भवनबाट पक्राउ गरेको हो । उनी तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहा भएका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १६:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय