Harsamaya
गृह मन्त्री र भाजपा विदेश प्रमुखबीच भेटवार्ता
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले र गृहमन्त्री रमेश लेखक ।

काठमाडौं - गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच आज भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा बुधबार दिउँसो लेखक र चौथाइवालेबीचमा भेटवार्ता भएको हो । 

तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार बिहान काठमाडौं आएका हुन् । उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरू शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेश केन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछन् ।


 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update