Harsamaya
शिक्षकहरूका विषयमा सरकार गैर जिम्मेवार बनेकोमा संसद्मा विरोध
संसदमा बाेल्दै सांसद हितराज पाण्डे ।

काठमाडौं - प्रतिनिधिसभाक बैठकमा प्रतिपक्ष दलहरुले विरोध जनाएको छन्  ।आज प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका हुन् । 

प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरे तापनि नराखिएको भन्दै आपत्ति जनाए ।

सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा कार्यसूचीमा राख्न नसकेको जवाफ पाएको भन्दै सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार भएको बताए । 

उनले भने, शिक्षकहरू लामो समयदेखि सडकमा हुनुहुन्छ । यस्तो शिक्षा जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न हामीले प्रस्ताव गरेको थियौँ । तर सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा भन्ने जवाफ पायौँ । सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार छ ।’

त्यस्तै उनले चिकित्सकहरूको समस्या सरकारले समाधान गरेको छ भन्ने कुरा आएको भन्दै त्यस विषयमा रकारले सदनमा आएर जानकारी गराउन पनि माग गरे । 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update