Harsamaya
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्नेछ ।

आजको बैठकमा चैत १५ गते भएको तीनकुने घटना र त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाकाे बारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने राप्रपा नेपालले जनाएको छ । यस्तै पार्टी अध्यक्ष कमल थापाले समसामयिक पछिल्लो अवस्था र भावी योजनाका विषयमा धारणा राख्ने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update