Harsamaya
आतंकवादी हमलामा मारिए बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते
जम्मू कश्मीरमा आतंकवादी हमलापछि सुरक्षा व्यवस्था कडा ।

काठमाडौं - जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ।

हिजो भएको आतंकवादी हमलामा २८ जना पर्यटकको मृत्यु हुँदा एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो । 

परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतंककारी हमलामा परी नेपाली नागरिक बुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।

‘सुदिप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ परराष्ट्र मन्त्री राणाले भनेकी छिन् ।

साथै, सो आतंककारी हमलामा परेर घाइते भएकी न्यौपानेको आमाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेकी छिन् । ‘उहाँहरु घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार पनि प्राप्त भएको छ, यस्तो क्रूर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन,’ उनले लेखेकी छिन, ‘नेपाल सरकार यो घटनाको निन्दा एवं भर्त्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’ उनका अनुसार सो घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update