त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनको राजीनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए ।
कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएको २ सातापछि आज स्वीकृत भएको हो ।
 
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १५:४६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
