पत्रकार सुरेश रजकको निवासमा शुभेच्छुक र विशिष्टहरूको भीड
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकका शोकमा रहेका परिवारलाई शान्तवाना दिन शुभेच्छुकदेखि विशिष्ट व्यक्तिहरुको भीड देखिएको छ ।
ताहचलस्थित निवासमा किरियामा बसेका आफन्त र परिवारजनलाई समवेदना प्रकट गर्न र मृतक रजकप्रति श्रद्धान्जली व्यक्त गर्न विशिष्टहरूको भीड लाग्ने गरेको छ । आइतबार पनि कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू रजक निवास पुगेका छन् ।
शुभेच्छुकहरूले रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गरिरहेका छन् । उक्त प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका रजकको पोस्टमार्टम जलेर मृत्यु भएको पुष्टि भइसकेको छ ।
 
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १८:२१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
