हृदयघातबाट थुनुवाको मृत्यु
                            
                            
                                                        
                                                     
                                                            महोत्तरी - महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ ।
लागुऔषध दुव्र्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो ।
जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उहाँलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो । हृदयघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:०२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    