घटयो सेयर बजार
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - मंगलबार पनि सेयर बजार घटेको छ ।
जसअनुसार मंगलबार सेयर बजार परिसूचक नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा पुगेर रोकिएको छ ।
तर, आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भने भएको छ। जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा ४२ वटा कम्पनीको सेयर बढ्दा २०१ वटा कम्पनीको भने घटन पुगेका छन् ।
 
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १५:४८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
