सेयर बजार बढ्यो
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ४१.४३ अंकले बढेर परिसूचक २६६३.३० बिन्दु कायम भएको छ ।
३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँको सेयर कारोबार भएको छ ।
आज २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा सृजनशिल लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, अभियान लघुवित्त, मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १६:४८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
