Harsamaya
प्रधानमन्त्रीको बारेमा गलत डिस्प्ले देखाएको भन्दै विद्युतका हाकिममाथि आक्रमण
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथि आक्रमण ।

चितवन - नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथि आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो । 

आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको विद्युतका कर्मचारीहरूले बताएका छन् । कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गरि घटनाको निन्दा गरेका छन् ।

bidhut-1742902378.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update