Harsamaya
अपांग संघको निर्वाचनमा धाँधली गरेको भन्दै अध्यक्षका उम्मेदवारद्वयले पत्रकार सम्मेलन गर्ने 
अध्यक्षका उम्मेदवारद्वय कल्पना खड्का र विकास थापा ।

काठमाडौं - नेपाली काँग्रेसनिकट नेपाल राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्वाचनमा भएको धाँधलीबारे अध्यक्षका उम्मेदवारद्वय कल्पना खड्का र विकास थापाले पत्रकार सम्मलेन गर्ने भएका छन् ।

संघको अध्यक्षमा माधव चौम्लागाई विजयी भएको घोषणा गरेसँगै खड्काले सामाजिक सञ्जालमा लेख्दै यस्तो जानकारी दिएकी हुन् । उनले आफू र थापा सहभागी नभएको चुनावी प्रक्रियाको सम्बन्ध र अबको राजनीतिक योजनाको बारेमा दिउँसो ३.३० बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएकी हुन् ।

उनले भनेकी छिन्,  ‘हामी २ जना अध्यक्षका उम्मेदवार कल्पना खड्का र बिकास थापा सहभागी नभएको चुनावी प्रक्रियाको सम्बन्ध र अबको हाम्रो राजनीतिक योजनाको बारेमा आज दिउँसो ३.३० बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा सहभागी भैइदिनुहुन सम्पुर्ण पत्रकारज्युहरुमा हार्दिक अनुरोध गर्दछौं । जय नेपाल ।’

खड्का र थापालाई चुनावी अवधिभर प्रहरीले घेराबन्दीमा राखेको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update